हेटौंडा पदमपोखरीको खानेपानी उपभोक्ता समितिको भेला

जनपत्र
२९ चैत्र २०७७, आईतवार ०८:०८

हेटौंडा । पदमपोखरी बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति हेटौंडा–१२ को ११ औ भेला भएको छ । भेलाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नगरवासीलाई खानेपानी उपलब्ध गराउनु पहिलो प्राथमिकता रहेको वताउनुभयो ।
आफुहरु जनप्रतिनिधि बनेर आएपछी खानेपानीका क्षेत्रमा धेरै काम गरिएको मेयर महतले वताउनुभयो ।

खानेपानी नपुगेका स्थानमा पानी पर्याप्त उपलब्ध गराउनका लागि आफुहरु लागिपरेको वताउनुभयो । नगरका पछी थपीएका वडामा खानेपानी, सडक र विजुलीका लागि आफ्नो पहिलो प्राथमिकताका साथ काम गरिएको मेयर महतले वताउनुभयो । कार्यक्रममा हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान, हेटौंडा १३ का वडा अध्यक्ष ललित घलान लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*