हेटौंडाको आशा बिशेष पाठशालाको भेला, अध्यक्षमा चौलागाईं चयन

जनपत्र
२९ चैत्र २०७७, आईतवार ०८:००

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ मा रहेको आशा बिशेष पाठशाला एबम पुनरस्थापना केन्द्रको अभिभावक भेला तथा अधिवेसन भएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उहाँले अपाङ्गता भएकाहरुलाई राखेर अध्यापन गराउनु चुनौती पूर्ण काम भएपनि सबैको सहयोगबाट यो बिद्यालय चलेकोमा खुसी व्यक्त गर्नुभयो ।

यस्ता बिद्यालयहरुलाई स्थानीय सरकारले निरन्तर रुपमा सहयोग गर्ने मेयर महतले वताउनुभयो । आशा फाउन्डेसनका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानध्यापक रुपमा बकार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा लगायतकाको आतिथ्यता रहेको थियो । भेलाले आसा बिशेष पाठशालाको अध्यक्षमा बालकष्ण चौलागाईको अध्यक्षतामा ७ सदस्य समिति चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*