‘समर्थन फिर्ता गरे राजीनामा’

जनपत्र
२२ चैत्र २०७७, आईतवार ०६:५६

प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘समर्थन फिर्ता लिए त राजीनामा आइहाल्छ नि १ आज मागेको हो र राजीनामा रु माग्या माग्यै छ त १ मागेपिच्छे म कसरी दिन सक्छु राजीनामा रु’, काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘एक दिन एउटा राजीनामा हुन्छ। एउटाले माग्दैन, दुइटाले माग्दैन। एक दिन माग्दैन, दुई दिन माग्दैन। माग्या माग्यै छ। ए १ बाबा, हटाऊ न त। समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन। समर्थन फिर्ता पनि गर्दैनन् अनि राजीनामा माग्छन्।’

ओलीले सञ्चारमाध्यमले विकास निर्माणभन्दा राजीनामा मागेको विषयलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘मेलम्चीको पानी काठमाडौं आएको समाचार आउँदैन तर प्रधानमन्त्रीको राजीनामाको समाचार प्राथमिकताका साथ आउँछ’, ओलीले भने।

उनले जनताको विकासको आकांक्षा पूरा गर्न जनादेशमा जानुपर्ने बताए। जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने उनको भनाइ थियो। ‘संसद् यस्तै हो। कहिलेकाहीं देशको आवश्यकता र संसद्को अंकगणित फरक पर्छ। कहिले कृत्रिम ढंगले संसद्को गणित यताउता हुन्छ’, उनले भने, ‘संसद्को अंकगणितले अनुपयुक्त आकार लिइरहेको छ। उपयुक्त आकार लिने सम्भावना कम छ वा छैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्छ। देशको आवश्यकताअनुसारको अंकगणित निर्माण गर्नुपर्छ।’ सरकार बनाउन, संविधान निर्माण गर्न सक्ने थलोलाई देशको आवश्यकताअनुसारको अंकगणितीय बनाउनुपर्ने उनले बताए ।

‘भरसक व्यवस्थापन गर्नुपर्छ। व्यवस्थापन भएन भने ताजा जनादेशमा जानुपर्छ’, उनले भने, ‘ढिलो–चाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ।’ उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताए। देशको आवश्यकतासँग अंकगणित मेल नखाएपछि ताजा जनादेशमा जान आफूले प्रतिनिधिसभा विघटन गरेको उनले दोहोर्‍याए।

‘राष्ट्रिय आवश्यकतासँग अंकगणितले तादात्म्य राखेन। हामीले तादात्म्य राख्न कोसिस गर्‍यौं, भएन। तब ताजा जनादेशमा जानुपथ्र्यो’, ओलीले भने, ‘मेरो विचारमा फेरि ढिलो–चाँडो ताजा जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी, अनुकूल अंकगणितबिना देश अगाडि जानै सक्दैन। त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ। देशको विकास र राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्ने खालको अंकगणित निर्माण गर्नुपर्छ।’

उनले अधिनायकवाद र फाँसीवाद ल्याउन खोजेको आरोपप्रति प्रश्न गरे। संविधानले शान्तिपूर्ण परिर्वतनको बाटो दिए पनि जनतालाई भड्काउन नेतृत्व गरेका मान्छेले नै फाँसीवाद भन्न थालेको उनको भनाइ थियो। ‘फाँसीवादी अधिनायकवाद आइसक्यो रे १ कहाँ आयो रु नबुझेर बोल्याजस्तो लाग्यो। यस्ता कुराबाट भ्रमित हुन आवश्यक छैन’, प्रधानमन्त्री ओलीले भने।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*