एयरपोर्टबाट ५ सय १६ ग्राम सुनसहित दुईजना पक्राउ

जनपत्र
२१ चैत्र २०७७, शनिबार ०६:००

फ्लाई दुबईबाट आएको यात्रुको साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको छ। विमानस्थलस्थित भन्सारले यात्रुको चेक गर्ने क्रममा जुत्तामा लुकाएर ल्याएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सो क्रममा सिन्धुपाल्चोक थाङ्गपालधाप गाउँपालिका–८ का ३८ वर्षीय विष्णु भन्डारीको र उनलाई लिन आएका काभ्रे मण्डन देउपुरका कमलकृष्ण केसीलाई पक्राउ गरिएको छ। उनीहरुलाई अपराध महाशाखा एयरपोर्ट र एयरपोर्टमा क्रियाशील साझा पोशाकको टोलिले पार्किङ एरियाबाट नियन्त्रणमा लिई भन्सारलाई बुझाएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*