मेलम्चीको पानी औपचारिक वितरण सुरु

जनपत्र
२१ चैत्र २०७७, शनिबार ०५:५६

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दुई दशकको प्रयासपछि ल्याइएको पानी काठमाडौं उपत्यकामा औपचारिक रूपमा वितरण सुरु गरिएको छ । सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएको थोक वितरण पाइपलाइनको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौंवासीका धारासम्म पु(याइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् । भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् । ‘प्रजातन्त्रको पुनस्र्थापनापश्चात् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनाबाट मेलम्ची आयोजना सुरु भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले केपी शर्मा ओली सरकारको दृढ इच्छाशक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न हुन सकेको बताइन् ।

यसअघि गत १५ चैतबाट मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०को पुरानै सिस्टमबाट पानी वितरण हुँदै आएको छ । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गरिएको हो । राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक उद्घाटन गरेसँगै शुक्रबारबाटै लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाइएको लिमिटेडले जनाएको छ ।

लिमिटेडले शुक्रबारदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने जनाएको छ । योसँगै अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । पहिलो चरणमा पुरानो महांकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो । लिमिटेडले पहिलो चरणमा दैनिक ४ करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे ८ करोड लिटर आइरहेको जनाएको छ ।

यसअघि, गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानीको परीक्षण गरिएको थियो । परीक्षणका लागि १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । उक्त पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता स्व। कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेपछि यसको परिकल्पना अघि बढेको थियो । मेलम्ची आयोजनाको सुरु २०५८(५९ सालमा नै भएको थियो । आयोजना सुरु गर्दा २०६४÷६५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

भृकुटीमण्डपमा आयोजित पानी वितरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महŒव र प्रचार पाएको बताइन् । उनले त्यस अवसरमा मुलुकको नेतृत्व तहलाई आयोजना कार्यान्वयन गर्न प्रेरणा मिलेको समेत जनाइन् ।

देश प्रगतिको दिशामा स् प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको सफलतासँगै देश अब प्रगतिको नयाँ दिशामा अघि बढेको बताए । मेलम्ची उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब विकास र समृद्धिको यात्रामा कसैले अवरोध गर्न नसक्ने स्पष्ट पारे । उनले प्रधानमन्त्री बन्न नपाउँदा प्रतिगमन हुने र बन्न पाउनेबित्तिकै क्रान्ति भन्ने हौवा नफिजाउन आग्रह गरे । देश प्रगतिको दिशामा अगाडि बढिरहेका बेला प्रतिगमन भयो भन्दै स्यालहुँइया नमच्चाउन उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले कसैका व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा ‘संविधान मासियो, गणतन्त्र–संघीयता ध्वस्त पारियो’ भन्दै हल्ला गरिएको र त्यस्ता हल्ला आफैँ निस्तेज भएर जाने दाबी गरे । राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*