हेटौंडाका विद्यालय भवनको प्रवलीकरण सुरु

जनपत्र
१९ चैत्र २०७७, बिहीबार ०६:५१

हेटौंडा । बालबोध मावि हटियाको भवन प्रवलीकरण गर्न सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले प्रविलीकरण कार्यक्रमको हम्बरले गोरोमा हिर्काएर सुरुवात गर्नुभयो । २०७२ सालको भुकम्पका कारण केही बिग्रीएको भवनको आजबाट प्रवलीकरण सुरु भएको हो । एक करोड ९१ लाख रुपैयाँ लागतमा यस विद्यालयको प्रवलीकरण गर्न लागिएको मेयर महतले वताउनुभयो ।

भूकम्पपछी मकवानपुरका बिद्यालय निर्माणमा राम्रो काम भएको उहाँले वताउनुभयो । मकवानपुरका सामुदायिक विद्यालय भवनहरु जिर्ण अवस्थामा रहेको र अहिले सुन्दर पक्की भवनहरु निर्माण भएको वताउनुभयो । एक सय ५० जना डकर्मीको तालिमपनि आजबाट सुरु भएको छ । तालिमको मेयर महतले उद्घाटन् गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*