हेटौंडामा लागुऔषध सहित दुई युवक पक्राउ

जनपत्र
१८ चैत्र २०७७, बुधबार १८:२४

हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध नाईट्रोभेट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बस्ने १८ वर्षीय सुशिल बर्तौला र मोरङ बिराटनगर महानगरपालिका वडा नं. ४ बस्ने २१ वर्षीय रविन कार्की रहेका छन् ।

प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलिले हेटौंडा उपमहानगरपालिका वडा नं. ३ तिनताप्केबाट ६० ट्याब्लेट लागुऔषध नाईट्रोभेट सहित दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबैलाई लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहि भईरहरको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*