घाट लगिएको महिलाको शव प्रहरीद्वारा नियन्त्रण

वीरगन्ज/वीरगन्जको सिर्सिया घाटमा जलाउन लागेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका २३ प्रसौनीबिर्ताका पन्नालाल दासकी श्रीमती २८ वर्षीया अन्जुदेवी तत्वा दासको शव शुक्रबार प्रहरीले घाटबाटै उठाएको हो । बिहान ११ बजे तिर अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल र आफन्तले सिर्सियाको गैया घाट पुर्याएका थिए। मृत्यु संकास्पद भएको भन्दै खबर पुगेपछि प्रहरी घाटमा पुगेको थियो । प्रहरी देख्नासाथ पन्नालालसहितका मलामी शव छोडेर भागेका थिए।