तुवाँलो अझै केही दिन रहने विभागको दावी, सकेसम्म बाहिर ननिस्कन आग्रह

जनपत्र
१७ चैत्र २०७७, मंगलवार ०६:४८

आगामी केही दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार तुवाँलोले ढाकेको मौसमी अवस्थामा तत्काल सुधार हुने अवस्था छैन। हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई तुवाँलो लागेको विभागले जनाएको छ।

देशका अधिकांश स्थानमा लागिरहेको डढेलोका कारण पनि अहिलेको अवस्था आएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेकाले जनजीवन असामान्य हुन गएको विभागको भनाइ छ। तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*