पत्रकार होम कार्कीको ‘सनैया’ सार्वजनिक

जनपत्र
१६ चैत्र २०७७, सोमबार २०:४८

काठमाडौँ — पत्रकार होम कार्कीले लेखेको पुस्तक ‘सनैया’ सोमबार सार्वजनिक भएको छ । पुस्तकको प्रकाशक किताब पब्लिसर्सले यसमा खाडी मुलुकमा सुन्दर जीवनको खोजी गर्न जाने नेपाली युवाहरुको कथा पुस्तकमा समेटिएको जनाएको छ ।

‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’

पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्नभिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको प्रकाशकले जनाएको छ ।

एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरुको रिपोर्टिङमा संलग्न कार्की कान्तिपुर दैनिकमा कार्यरत छन् । यो पुस्तक लेखनका लागि उनले खाडी क्षेत्रमा कार्यरत् ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको प्रकाशकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*