तराईमा आज हाेली पर्व मनाइँदै

जनपत्र
१६ चैत्र २०७७, सोमबार ०९:४७

काठमाण्डाै – तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ ।

आज रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ ।

असत्यमाथि सत्यको विजय भएकाे उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ । तर, यसपालि कोरोनाको जोखिम बढेकाले सामूहिक रुपमा होली नमनाउन सरकारले आग्रह गरेको छ ।

भारतसँगका सीमा क्षेत्रमा कोरोना महामारीको जोखिम उच्च रहेकाले सार्वजनिकस्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सरकारले आग्रह  गरेको छ । आज तराईका जिल्लामा सार्वजनिक बिदा छ ।

हिजो काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा फागु पर्व मनाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*