हेटौंडामा राप्रपाका कार्यकर्तामाथि प्रहरीको लाठी

जनपत्र
६ बैशाख २०७६, शुक्रबार १५:२१

हेटौंडा / हेटौंडाको मुख्यबजारमा हिन्दु राज्यको माग गर्दै धर्म निरिपेक्षताको पोष्टर जलाउने क्रममा प्रहरीले राप्रपाका कार्यकर्तालाई लाठिचार्ज समेत गरेको छ । प्रहरीले दिउसो पोष्टर जलाउँदा अन्य क्षेत्रमा आगलागी हुने डरले पोष्टर नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गरेको हो । राप्रपा मकवानपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य मधु अधिकारीको नेतृत्वमा हेटौंडाको मुख्य बजार क्षेत्रमा पोष्टर जलाउँदा प्रहरीले लाठीचार्ज गरेको हो । लाठीचार्जबाट राप्रपाका केही कार्यकर्ता घाईते भएको पार्टीले जनाएको छ ।

राप्रपाको कार्यक्रममा राप्रपाका नगर अध्यक्ष गुरु प्रसाद सापककोटा, जिल्ला नेता सिताराम बतौला लगायतकाको सहभागिता रहेको थियो । प्रहरी टोलीले बजारको व्यस्त चोक सीमाचोकमा सरकारी विरोधी पोष्टर जलाउन खोज्दा प्रहरीले धरपकड गरेको थियो । प्रहरीको लाठीबाट राप्रपाको दुईजना कार्यकर्ता घाईते भएका छन् । घाईते हुनेमा कृष्ण विडारी तथा अर्जुन खुलाल रहेका छन् । राप्रपाको राष्ट्रिय कार्यक्रम अन्र्तगत भएको र्यालीमा सिमाचोक पुगेर करिब नारा लगाउँदै पोष्टर जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । कार्यक्रममा करिब २० जनाको सहभागिता थियो । प्रहरीले हस्तक्षेत्र गरेपछि बोल्दै राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले प्रहरीको दमनको बिरोध गरे । राप्रपा कार्यकर्ताहरुको प्रहरीसँग भनाभन भएको थियो । कार्यक्रममा राप्रपाका सयौँ कार्यर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*