स्वास्थ्य मापदण्ड पुरा गरेर होली मनाउन प्रदेश प्रमुख प्रसाईको आग्रह

हेटौंडा । रंङ्हरुको पर्व होलीको अवसरमा सम्पुर्ण प्रदेशवासी र देशवासी नागरिकहरुमा बागमती प्रदेशका प्रमुख विष्णु प्रसाद प्रसाईले शुभकामना व्यक्त गर्नु भएको छ । कोरोना भाइरसको त्रास अझै वढेकाले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र होली पर्व मनाउनका लागि उहाँले आग्रह गर्नुभयो । होलीका अवसरमा शुभकामना सन्देश दिदै प्रदेश प्रमुख प्रसाईले यस्तो आग्रह गर्नुभयो ।