बागमती सरकारको मुख्य प्राथमिकतामा सडक र पुल निर्माण

दिपेश दाहाल
१४ चैत्र २०७७, शनिबार ०८:५३

हेटौंडा । देशमा संघीयता आएपछि तिनै तहका सरकार देशको आर्थिक, सामाजिक र भौतिक विकासमा तीव्र गतिमा लागिपरेका छन् ।
संघीय सरकार र स्थानीय सरकारको अवधारण पहिले नै आइसकेको थियो । तर संघीयता आए पश्चात् प्रदेश सरकार भने नयाँ अवधारणका रुपमा स्थापना भयो । प्रदेश सरकारले मुलुकको भौतिक तथा सामाजिक क्षेत्रको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सातै प्रदेशमध्ये बागमती प्रदेश सरकार पहिलो सूचिमा छ ।

बागमती प्रदेश सरकार प्रदेशका १३ वटै जिल्लाको विकास निर्माणका काममा लागिपरेको छ । प्रदेश सरकारले दुई आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा कुल ८ सय ९२ किलोमिटर कच्चि सडक निर्माण निर्माण गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाले वताउनुभयो । यस्तै एक सय ५१ किलोमिटर सडक कालोपत्रे गरेको छ भने ४ सय ९ किलोमिटर सडक ग्राभेल गरेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले दुई आर्थिक वर्षमा ७ सय ३४ किलोमिटर सडकको सर्भे समेत गरेको छ ।

प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयअन्र्तगत् यातायात पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभित्र ९० दशमलव ७८ किलोमिटर सडक कालोपत्रे गरेको हो । यस्तै एक सय ६६ दशमलव ७८ किलोमिटर सडक ग्राभेल गरेको प्रदेश सरकारले ४ सय १८ दशमलव ९९ किलोमिटर कच्ची सडक निर्माण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा कुल ६ अर्ब ४९ करोड १२ लाख ७२ हजार रुपैया बजेटमध्ये ३ अर्ब ६७ करोड ५ लाख ९८ हजार रुपैयाँ सडक निर्माण शिर्षकमा खर्च गरेको थियो ।

प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले आर्थिक वर्ष २०७६/०७७ मा १४ किलोमिटर कच्चा सडक निर्माण गरेको छ । त्यस्तै ५ सय २४ किलोमिटर सडक सर्भेको काम गरेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले कुल बजेट ४७ लाख ९९ हजार रुपैयाँमध्ये २३ कारोड ५४ लाख रुपैया खर्च गरेको छ । पूवार्धार विकास कार्यालय ललितपुरले २६ किलोमिटर कच्ची सडक निर्माण, ९ किलोमिटर सडक कालोपत्रे, १० किलोमिटर ग्राभेलिङ, ६ किलोमिटर स्ल्याब ढलान र ४ वटा पुल निमार्ण गरेको मन्त्री फूयालले वताउनुभयो ।

पूर्वाधार कार्यालय ललितपुरले आर्थिक वर्ष २०६७ /०७७ मा कुल बजेटको एक अर्ब २८ करोड १४ लाख रुपैयाँमध्ये ६८ करोड ४५ लाख रुपैया खर्च गरेको छ । पूर्वाधार विकास कार्यालय काभ्रेले ६२ किलोमिटर कच्ची सडक निर्माण गरेको छ भने ९ किलोमिटर सडक कालोपत्रे गरेको हो । यस्तै २१ किलोमिटर सडक ग्राभेल गरेको निर्देशनालय हेटौंडाले जनाएको छ । २ किलेमिटर सडक स्ल्याब ढलान र ३ वटा पुल निर्माण गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०६७/०७७ मा पूर्वाधार विकास कार्यालय काभ्रेले कुल १ अर्ब २९ करोड ३५ लाख रुपैयाँ बजेटमध्ये ७२ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । पूवार्धार विकास कार्यालय चितवनले आर्थिक वर्ष २०७६/०७७ मा २७ किलोमिटर कच्ची सडक निर्माण गरेका छ । ९ किलोमिटर सडक कालोपत्रे, ३६ किलोमिटर ग्राभेलिङ, ८ किलोमिटर स्ल्याब ढलान र ४ वटा पुल निमार्ण गरेको निर्देशनालले जानकारी दिएको छ ।

पूर्वाधार कार्यालय चितवनले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेट एक अर्ब २८ करोड रुपैयाँमध्ये ५८ करोड ५९ लाख रुपैयाँ खर्च गरेको हो । पूवार्धार विकास कार्यालय नुवाकोटले आर्थिक वर्ष २०७६/०७७ मा ५४ किलोमिटर कच्ची सडक निर्माण गरेको छ भने ३ किलोमिटर सडक कालोपत्रे, १६ किलोमिटर ग्राभेलिङ, ३ किलोमिटर स्ल्याब ढलान र एउटा पुल निमार्ण गरेको हो ।

पूर्वाधार कार्यालय नुवाकोटले आर्थिक वर्ष २०७६÷०७७ मा कुल बजेट एक अर्ब १९ करोड २५ लाख रुपैयाँमध्ये ७१ करोड ७५ लाख रुपैया खर्च गरेको छ । पूवार्धार विकास कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०७६/०७७ मा एक सय २२ किलोमिटर कच्चि सडक निर्माण गरेको छ भने ३ किलोमिटर सडक कालोपत्रे, ५२ किलोमिटर ग्राभेलिङ, २ किलोमिटर स्ल्याब ढलान र ५ वटा पुल निमार्ण गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेट एक अर्ब ७० करोड ५० लाख रुपैयाँमध्ये एक अर्ब ८ करोड ३३ लाख रुपैयाँ खर्च गरेको उहाँले वताउनुभयो ।

पूवार्धार विकास कार्यालय रामेछापले आर्थिक वर्ष २०७६/०७७ मा एक सय १० किलोमिटर कच्ची सडक निर्माण गरेको निर्देनालयले जानकारी दिएको छ । ३ किलोमिटर सडक कालोपत्रे, ६ किलोमिटर ग्राभेलिङ, १ किलोमिटर स्ल्याब ढलान र २ वटा पुल कार्यालयले निमार्ण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेट एक अर्ब १४ करोड ७६ लाख रुपैयाँमध्ये ९३ करोड २५ लाख रुपैयाँ खर्च गरेको हो । प्रादेशिक सडक डिभिजन कार्यालय नुवाकोटले आर्थिक वर्ष २०७६/०७७ मा १३ किलोमिटर कच्चि सडक निर्माण गरेको छ ।

कार्यालयले १७ किलोमिटर सडक कालोपत्रे र ३० किलोमिटर ग्राभेलिङ गरेको कार्यालयले जनाएको छ । प्रादेशिक सडक डिभिजन कार्यालय नुवाकोटले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेट ४६ करोड ८२ लाख रुपैयाँमध्ये ३६ करोड ६० लाख रुपैयाँ खर्च गरेको हो । प्रादेशिक सडक डिभिजन कार्यालय खुर्कोटले आर्थिक वर्ष २०७६/०७७ मा ४७ किलोमिटर कच्ची सडक निर्माण गरेको छ भने ८ किलोमिटर सडक कालोपत्रे, ७१ किलोमिटर ग्राभेलिङ र ६ किलोमिटर स्ल्याब ढलान गरेको निर्देशनालयले जानकारी दिएको छ । प्रादेशिक सडक डिभिजन कार्यालय नुवाकोटले आर्थिक वर्ष २०७६÷०७७ मा कुल बजेट ३९ करोड ३९ लाख रुपैयाँ मध्ये ३९ करोड रुपैयाँ खर्च गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*