हेटौंडाको महेन्द्र माध्यमिक विद्यालयको अभिाबक भेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको अभिाबक भेला तथा बिद्यालय व्यावस्थापन समिति पुनरगठन कार्यक्रम भएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले कार्यक्रमको उद्घाटन् गर्नुभयो । सामुदायिक विद्यालयमा अव अग्रेजी माध्यममा अध्यापन गराउनका लागि उहाँले निर्देशन दिनुभयो ।
सामुदायिक बिद्यालयले अव निजी बिद्यालयसंग प्रतिस्पर्धा गर्नुपर्ने वेला आएको मेयर महतले वताउनुभयो । गुणस्तरिय शिक्षा दिनका लागि सबै शिक्षकहरु लाग्नुपर्ने उहाँले वताउनुभयो । कार्यक्रममा उत्कृट हुने शिक्षक तथा बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान, हेटौंडा १३ का वडा अध्यक्ष मनोज वाइवा लगायतकाको आतिथ्यता रहेको थियो ।