स्वतन्त्र निकायको रुपमा प्रदेश सूचना आयोग गठन गर्न माग

जनपत्र
६ बैशाख २०७६, शुक्रबार ११:०२

हेटौंडा / सूचनाको हकका सम्बन्धमा प्रदेश सूचना आयोगको गठन गर्न आज हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बताएका छन् । प्रदेश नम्बर–३ को प्रदेश सभा मामिला समितिको आयोजना तथा प्रदेशसरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेश सूचनाको हक सम्बन्धमा ब्याबस्था गर्न बनेको बिधयकका सम्बन्धमा आयोजीत अन्तरक्रिया कार्यक्रमका सहभागिले आयोगको अध्यक्ष वा आयुक्त प्रदेशका प्रमुख सचिब भन्दा माथी रहनुपर्ने बताएका छन् । सूचनाको हक भनेको नागरिकको हक भएकाले यसमा बिशेष ध्यान दिनका लागि आग्रह गरिएको छ ।

कार्यक्रममा प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ष्टले कुनैपनि कुरा लुकाउन नमिल्नेगरी बिधयक बन्नुपर्ने बताउनुभयो । आर्थिक समृद्धीका लागि सूचना महत्वपूर्ण कुरा रहेको उहाँले बताउनुभयो । लोकतन्त्रमा पार्दसीताको कुरा महत्वपुर्ण भएकाले यसमा ध्यान दिनुपर्ने उहाँको भनाई छ । आर्थिक समृद्धीको कुरा गरिरहदा पारदर्सिता महत्वपुर्ण कुरा रहेको सभामुख श्रेष्टले बताउनुभयो । आफुहरुले सबै कुराको परिबर्तन चाहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला ताथ कानुन मन्त्री शालिकराम मम्कट्टेलले सबैको सल्लाह र सूझाबलाई लिएर सूचनाको हक सम्बन्धी बिधयकलाई पारित गरिने बताउनुभयो । सूचनाको हकका सम्बन्धमा बनेको बिधयक सार्बजनिक चासोको बिधयक भएकाले यसमा सबैको सुझाबको मनन् गरिने बताउनुभयो । आफुहरुले हचुवाका भरमा भन्दा पनि धेरै पटक बिधयकमा छलफल गरेर मात्र संसदमा ल्याएको उहाँले बताउनुभयो ।

सबैको सल्लाह र सुझाबलाई मनन गरेर पूर्ण बिधयक ल्याईने उहाँको भनाई छ । कार्यक्रममा प्रदेश सदस्य राजेन्द्र पाण्डे, प्रदेश सभाका मुख्यसचेतक रामेस्वर फूयाल, प्रमुख सचेतक राधा घले, प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश सभाका सदस्य रमेश पौड्याल, प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट, महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका निबर्तमान उपाध्यक्ष गिरीजा अधिकारी, सूचनाको हक सम्बन्धी अभियानता तथा महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतकाले सूचनाको हकका सम्बन्धमा आफ्ना सुझाब राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*