उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

जनपत्र
१३ चैत्र २०७७, शुक्रबार ०६:२८

उत्तर कोरियाले जापानी समुद्रमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी र जापानी अधिकारीका अनुसार अमेरिकामा जो बाइडेन राष्ट्रपति बनेपछि उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो पटक हो। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित प्रस्तावअन्तर्गत उत्तर कोरियालाई कुनै पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाइएको छ। जापान र दक्षिण कोरियाले उक्त परीक्षणको निन्दा गरेका छन्। यद्यपि क्षेप्यास्त्रको अवशेष भने आफ्नो नियन्त्रणमा रहेको समुद्री क्षेत्रमा नपरेको जापानले बताएको छ।

एसिया प्रशान्त क्षेत्रमा सेनाको निरीक्षण गर्ने यूएस प्यासिफिक कमान्डले बिहीबार गरिएको परीक्षणले उत्तर कोरियाको अवैध हतियार कार्यक्रमले छिमेकी र अन्तर्राष्ट्रिय समुदायलाई हुने खतरालाई देखाउन खोजेको बतायो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*