हेटौंडाका टोलविकास संस्थामा लेखा प्रणाली सुधार गर्न तालिम

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका नयाँ टोलविकास संस्थाको लेखा प्रणाली सुधार गर्नका लागि लेखा व्यावस्थापन तालिम दिन सुरु गरिएको छ । टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा तालिम दिन सुरु गरिएको हो ।
तालिमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले टोल विकास संस्था नगरको गहना भएको वताउनुभयो । टोलको सरसफाइ, हरेक विक्रीती विसंगतिहरुलाई टोलविकास संस्थाले न्यूनीकरण गर्न लाग्न पनि निर्देशन दिनुभयो ।
टोल विकास संस्थाको लेखा प्रणाली राम्रो वनाउनका लागि यो तालिम दिइएको मेयर महतले वताउनुभयो । अहिले हेटौंडामा पछीथपीएको टोलविकास संस्थाका कोषाध्यक्षहरुलाई यो तालिम दिइएको टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीले वताउनुभयो । तालिममा नगरका एक सय ५ टोलविकास संस्थाका कोषाध्यक्षहरुको सहभागिता रहेको छ ।