भारतका १५ प्रतिशत नमुनामा कोरोनाकाे ‘डबल म्युटेन्ट’

भारतका १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप ‘डबल म्युटेन्ट’ ९उही भाइरसमा एकसाथ दुईवटा उत्परिवर्तन हुने कोरोना भाइरसको नयाँ प्रकार० भेटिएको छ। बिबिसीका अनुसार करिब १५ देखि २० प्रतिशत नमुनामा नयाँ भाइरस पुष्टि भएको छ।दश हजार ७८७ नमुना परीक्षण गरिएकोमा ७३६ जनामा यूके भेरिअन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिअन्ट देखिएको हो। महाराष्ट्रमा प्राप्त भएको नमुना विश्लेषणबाट डिसेम्बर २०२० को तुलनामा ई ४८४ क्यु र एल ४५२ आर म्युटेसनको अंश बढी मात्रामा पाइएको छ। यस्ता संक्रमित १० जना रहेको मन्त्रालयले जनाएको छ।
भाइरसहरू उत्परिवर्तित हुनु सामान्य हुन्छ र अधिकांश उत्परिवर्तन चिन्ताको विषय हुँदैन तथा त्यसले संक्रमण फैलाउने दरमा परिवर्तन ल्याउने अथवा गम्भीर संक्रमण निम्त्याउने हुँदैन। तर, यूके र दक्षिण अफ्रिकी भेरिअन्ट अझ बढी संक्रमण हुन सक्ने र कतिपय अवस्थामा घातक हुन सक्ने पनि देखिएको छ।
भाइरोलोजिस्ट डा शाहीद जमीलका अनुसार डबल म्युटेन्टमा उही भाइरसमा एकसाथ दुईवटा उत्परिवर्तन हुने गर्छ। त्यो भाइरसले रोगप्रतिरोधी क्षमतालाई छल्न सक्ने तथा झन् संक्रमण हुन सक्ने डा जमीलले बताए। पछिल्लोपटक भारतमा तीव्र रुपमा कोरोना फैलिनुमा विदेशबाट आउने यात्रु रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधवार मात्रै भारतमा ४७ हजार २६२ जना संक्रमित थपिएका छन् भने २७५ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म एक करोड १७ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने एक लाख ६० हजार व्यक्तिको ज्यान गइसकेको छ।