जग्गा अधिग्रहण मुद्दामा पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी जमानतमा रिहा

जनपत्र
१२ चैत्र २०७७, बिहीबार ०५:५५

पाकिस्तानको लाहोर उच्च अदालतले जग्गा अधिग्रहण मुद्दामा पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजलाई जमानतमा रिहा गरेको छ। बुधबार अदालतले मरियमलाई १२ अप्रिलसम्म १२ बजेसम्मको लागि जमानतमा रिहा गरेको हो।

अदालतले मरियमलाई १० लाख पाकिस्तानी रुपैयाँको जमानत जम्मा गर्न आदेश पनि दिएको छ। चौधरी सुगर मिलको १८।५ एकड जग्गा गैरकानुनी प्रयोगको लागि खरीद गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

उनी यो मुद्दामा सन् २०१९ नोभेम्बरदेखि जमानतमा रिहा हुँदै आएकी छिन्। राष्ट्रिय उत्तरदायित्व ब्यूरो ९एनएबी०ले लाहोर उच्च अदालतलाई उनको जमानत खारेज गर्न अनुरोध गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*