एस्ट्राजेनेकाले परीक्षणकाे क्रममा पुरानाे डेटा प्रयाेग गरेकाे आशंका

जनपत्र
११ चैत्र २०७७, बुधबार ०६:२६

कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका परीक्षणको क्रममा पुरानो डेटा प्रयोग गरेको आरोप लगाइएको छ। युएस नेशनल एलर्जी तथा संक्रामक रोगको तथ्याङ्क डेटा सुरक्षा निगरानी बोर्डले एस्ट्राजेनेकले ट्रायलको बेला पुरानो डेटा प्रयोग गरेको आरोप लगाएको हो।

बोर्डका अनुसार यो खोप कत्तिको प्रभावकारी छ भनेर ठ्याक्कै भन्न गाह्रो छ।अमेरिकामा यस खोपको प्रयोगको बारेमा अन्तिम निर्णय लिन बाँकी छ। ‘परीक्षणको क्रममा पुरानो डेटा प्रयोग गरिएको हुनसक्छ। हामी कम्पनीलाई डेटा समीक्षा गर्न र बोर्डको सबैभन्दा सही, अप टू डेट प्रभावकारिता डेटा सकेसम्म चाँडो सार्वजनिक गर्न आग्रह गर्दछौं,’ बोर्डलेले भनेको छ।

यता अमेरिकी राष्ट्रपतिको चिकित्सक सल्लाहकार तथा एनआईएआईडी निर्देशक एन्थोनी फाउचीले मंगलबार बिहान एबीसी न्यूजको ‘गुड मार्निङ अमेरिका’ कार्यक्रममा पनि खोपको डेटामाथि प्रश्न पठाएका थिए। ‘यो एकदम राम्रो खोप हुन सक्छ। कम्पनीले सार्वजनिक गरेको डेटा साँच्चिकै राम्रो छ। तर, प्रेस विज्ञप्तिमा राखिएको डेटा पूर्ण रूपमा सही थिएन,’ उनले भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*