इन्द्रसरोवरमा एमालेको कार्यकर्ता भेला

जनपत्र
१० चैत्र २०७७, मंगलवार २२:०८

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा एमालेका केन्द्रयि सदस्य सुवासचन्द्र ठकुरी, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिब लालबहादुर थापा, इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा व्लोन लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । भेलाले देब कृष्ण पुडासैनीको अध्यक्षतामा ३५ सदस्य समिति चयन गरिएको छ । सचिबमा प्रताप लामा चयन हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*