माधव नेपाल समुहको घुर्कीले अब पार्टीमा कुनै असर गर्दैन–महेश बस्नेत

हेटौँडा । नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले माधव नेपाल समुहको घुर्कीले अब पार्टीमा कुनै असर नगर्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरको आज हेटौँडामा भएको जिल्ला युवा भेलामा बोल्दै प्रमुख अतिथि रहेका बस्नेतले माधव नेपाल सहितको नेता मुलधारमा नआएर घुर्की देखाउँदैमा एमाले अब नरोकिने बताए । उनले भने ‘माधव नेपाल त आउलान नआउलान तर नेकपा एमाले त आयो आयो, सूर्य त आयो आयो’ । बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनलाई सक्नको लागि तत्कालिन नेकपाभित्रका प्रचण्ड र माधव नेपाल समुह सक्रिय रहेको र त्यसैको परिणाम आज सबै नेपाली कम्युनिष्ट आन्दोलनले भोग्नु परेको बताए ।
नेकपा एमालेमा देशका ९० प्रतिशत युवाहरु सक्रिय रहेको भन्दै उनले नेपालको विकास एमालेबाट मात्र संभव भएको र यि कुरा सरकारले गरेको कार्यक्रबाट प्रमाणित भएको बताए । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशको चौतर्फी क्षेत्रमा विकास भएको भन्दै उनले सरकारको राम्रो कामको प्रचार नगरी गलत प्रचार गर्न माधव नेपाल सरकार सक्रिय रहेको उनको भनाई रहेको छ ।
केपी ओली सरकारको पालामा भुकम्प पीडितको घर बनेको, विभिन्न राष्ट्रिय गौरबको आयोजना सफल भएको, एकै पटक सबै स्थानीय तहमा अस्पतालको शिलान्यास भएको लगाएकात विकासका कामहरु भएको भन्दै उनले मुलुमा अझै एक दशक केपी ओलीको नेतृत्व सहितको सरकारको आवश्यक्ता रहेको बताए ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले संसद विगठन भएपछि नेकपा एमाले मकवानपुरको नाउँमा भएको बैंक खातामा रहेको १० लाख रुपैँया एकाएक झिकिएको बताएका छन् ।
तत्कालिन नेकपा अध्यक्ष मुनु सिग्देलले खातामा रहेको १० लाख रुपैँया भागेको आरोप लगाए । उनले भने ‘५ गते संसद विगठन भयो ७ गते नेकपा एमालेको नाउँको खातामा भएको १० लाख रुपैँया मुनु सिग्देलले झिकेर भाग्नुभो । थाहा पाउनु भयो होला नि कहाँ छ उनिहरुको आँखा’ ?
कार्यक्रममा बोल्दै श्रेष्ठले नेकपा एमाले मकवानपुरको अध्यक्ष आफु भएको भन्दै सिग्देललाई दुईचारजना सँग रोएर एमालेको अध्यक्ष म हुँ भन्दै हल्ला नगर्न समेत आग्रह गरे । हात्ति लम्किसकेको भन्दै उनले हात्ति लम्कदै गर्छ, कुकुरहरु भुक्दै गर्छ भन्दै आम कार्यकर्तालाई एमालेको अभियानमा लाग्न आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै युवा संघका अध्यक्ष बच्चन सिंहले यो सरकारले देशभर बेरोजगार रहेका यूवाहरुलाई रोजगारको कार्यक्रमहरुलाई थप गर्नेतर्फ अघि बढाउन आफुहरुले पहल गरेको बताए ।
युवा संघ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै करिब २ दर्जन युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् । कार्यक्रममा युवा संघका सहअध्यक्ष किरण पौडेल,उपाध्यक्ष गजेन्द्र शाही,नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, बागमती प्रदेश संगठन विभाग प्रमुख अन्नन्त पौडेल, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष एकालाल श्रेष्ठ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको संयोजकमा लक्ष्मण उप्रेती चयन भएका छन् । आज हेटौँडामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको जिल्ला युवा भेलाले युवा संघ नेपाल मकवानपुरका सचिव समेत रहेका उप्रेतीलाई संयोजकमा चयन गरेको हो । मनहरी गाउँपालिका स्थानीय घर भएका उप्रेती लामो समयबाट नेकपा एमालेको युवा राजनीतिमा सक्रिय रहेका छन् ।