सामाजिक अपराध न्यूनीकरण गर्नका लागि सुरक्षित चेली अभियान

कञ्चनपुरमा सुरक्षित चेली अभियान सुरु भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रमकाबीच हर प्रहर, गाउँ नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सुरक्षित चेली अभियान सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर र भीमदत्त नगरपालिकाले मिलेर संयुक्त रुपमा महिला तथा बालबालिका विरुद्ध हुने अपराधलाई न्यूनीकरण गर्नका लागि सुरक्षित चेली अभियान ल्याइएको हो । परिवर्तित समाजमा विभिन्न खाले अपराध बढ्दै गएको कारणले न्यूकीकरण स्वरुप विषेश गरेर प्रहरीले ३ महिना अवधिका लागि सुरक्षित चेली अभियान सुरु गरेको छ । प्रहरीका अनुसार ३ महिनाको अवधीमा महिला तथा बालबालिकाविरुद्ध हुने अपराधलाई न्यूनीकरण गर्नका लागि अपराधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
“समाजमा छरिएर रहेको विभिन्न नागरिक संस्था संगठन, स्थानीय तहलगायत विभिन्न सरोकारवाला निकायसँग बिच गरिएको सहकार्यमा कञ्चनपुर प्रहरीले सुरक्षित चेली अभियान सञ्चालन गर्ने लक्ष्य राखेको छ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा एसपीले उमा चर्तुरवेदीले भने, “सामाजिक अपराध नियन्त्रण तथा सामाजिक अपराधमा संलग्न हुने व्यक्तिको नियन्त्रणका लागि पनि यो कार्यक्रम निकै प्रभावकारी हुनेछ र यो सँगसँगै प्रहरी सँग नागरिको जनविस्वास बढाउने पनि सुरक्षित चेली अभियान मुख्य उद्देश्य हो ।” उनका अनुसार कञ्चनपुर प्रहरीले सञ्चालन गर्न लागेको सुरक्षित चेली अभियान कार्यक्रम असार ६ गते सम्मको लागि चल्नेछ ।
प्रहरीले विशेष गरेर यौन अपराध र विभिन्न सामाजिक विकृतिहरूलाई न्युनिकरण गर्नको लागि सुरक्षित चेली अभियान ल्याएको हो । सुरक्षित चेली अभियान कार्यक्रम प्रमुखतया ३ चरणमा गरिनेछ । ३ चरणमध्ये पहिलो चरणमा प्रहरीले समुदाय स्थरमा गएर विभिन्न खाले सामाजिक अपराध विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । दोस्रो चरणमा भने महिला तथा बालबालिका क्षेत्रलाई आत्मरक्षा तालिम प्रहान गरिनेछ र तेसा्रो चरणमा भने लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसा र जबरजस्ती करणी लगायत विभिन्न खाले घटनालाई लिएर प्रहरीले विभिन्न सामुलायिक विद्यालयहरूमा गएर हिंसाविरुद्ध तथा न्यूनीकरण गर्नका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिने प्रमुख एसपी चतुरवेदीले बताए ।
यसैगरी यता मानब बेचविखन तथा महिंला हिंसा, लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्ने संस्था माईती नेपालले भने कञ्चनपुर प्रहरीले ल्याएको सुरक्षित चेली अभियान समाजको लागि एकदमै महत्वपूर्ण कार्यक्रम भएको भन्द्र स्वागत पनि गरेको छ । माइती नेपाल कञ्चनपुरी संयोजक महेश्वरी भट्टले पिडित पछिको न्यायको पहिलो श्रोत प्रहरी भएको भन्दै प्रहरीले नै सामाजिक अपराधविरुद्ध चलाएको कार्यक्रमले महिला ता वालवालिका क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने बताइन् । उनले “विगतका दिनमा हामीले महिला तथा बालबालिका विरुद्ध हुने अपराधको न्युनिकरणको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अवस्था थियो ।” माइती नेपाल कञ्चनपुरी संयोजक भट्टले भनिन्, “अबका दिनमा भने प्रहरीले पनि समाजमा चेलीहरू असुरक्षित महसुस गरेर प्रहरी आफैं सामाजिक अपराधविरुद्धको कार्यक्रम अगाडि ल्याएको छ, यसले गर्दा मलाई लाग्छ उक्त कार्यक्रम समाजमा एकदमै प्रभावकारी हुन्छ ।” प्रहरीले समाजमा हुने अपराध न्युनिकरणमा सुरुवात गरेपनि लामो समय सम्म निरन्तरता दियो भने प्रहरीले अघि सारेको सुरक्षित चेली अभियानले निश्चित रुपमा सफलता पाउने भट्टले बताइन् ।
यसैगरी यता सुरक्षित चेली अभियान ले प्रभावकारी रुपमा सञ्चालन भयो चेली मात्रै नभएर समाज नै सुरक्षित हुन सक्ने कतिपय वालवालिका विद्यार्थीको भनाई छ । महेन्द्रनगरकी स्थानिय विद्यार्थी वालिका विजयालक्ष्मी जोशीले प्रहरीले ल्याएको सुरक्षित चेली अभियानले गर्दा चेलीबेटीको क्षेत्रमा केही हदसम्म भएपनि सामाजिक अपराध न्युनिकरण हुन सक्ने बताउँछिन् । समाजमा प्रहरीको संलग्नता प्रत्यक्ष रुपले हुने भएकोले पनि समाजमा घट्ने सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले ल्याएको सुरक्षित चेली अभियान कायक्रमले सहजता प्रदान गर्ने उनले बताइन् ।