हुथी समूहमाथि साउदी गठबन्धनको आक्रमण

जनपत्र
९ चैत्र २०७७, सोमबार ०६:५७

साउदी अरेबिया नेतृत्वको गठबन्धनले इरान समर्थित हुथी समूहलाई लक्षित गर्दै जवाफी हवाई आक्रमण गरेको जनाएको छ ।साउदी अरेबियामा ड्रोन आक्रमणको जिम्मेवारी हुथी समूहले लिएको केही घण्टामै गठबन्धनले पछिल्लो आक्रमण गरेको हो । आइतबार बिहान यमनको राजधानी सानास्थित स्थानीयहरुले पनि यस आक्रमणबारे जानकारी दिएका छन् ।

गत शुक्रबार साउदी अरेबियाको तेल रिफाइनरी केन्द्रमा भएको ड्रोन आक्रमणको जिम्मा हुथी समूहले लिएको थियो । जुन आक्रमणले गर्दा भीषण आगलागी समेत भएको थियो । साउदी गठबन्धनले भने शनिबार हुथीले आक्रमण गरेको भनिएको ड्रोन ध्वस्त पारेको जनाएको छ ।

हुथीको ड्रोन हमला सैनिक क्याम्पमा लक्षित गरी गरेको भनिएको थियो । तर हुथी समूहले राजधानी सानाको विमानस्थलमै आक्रमण भएको बताएको छ । पछिल्लो समय हुथी समूहले साउदी अरेबियामाथि आक्रमण बढाउँदै छ । साउदीले भने अधिकांश ड्रोन र मिसाइल ध्वस्त पारेको दावी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*