बेपत्ता झा दम्पत्तिको श्वाँस वा लाश फेला नपरुञ्जेलसम्म जनकपुरमा ५१ संघसंस्थाको धर्ना र अनशन जारी रहने

महोत्तरी पिपरा ५ सहोडवाका बेपत्ता मुसाफिर झा दम्पत्तिको खोजीको लागि जनकपुरमा विभिन्न ५१ वटा संघ तथा संस्थाहरुको एक्येबद्धतासहित धर्ना र अनशन जारी छ । र, उनीहरुले झा दम्पत्तिको श्वाँस वा लाश फेला नपरुञ्जेलसम्म यो धर्ना तथा अनशनलाई जारी राख्ने जनाएका छन् । अहिले अनशन तथा धर्ना जनक चौकमा जारी छ ।
झा दम्पत्तिको खोजीको लागि सुरुवाती दिनदेखि नै संघर्षरत भगवान झाले आफूहरु बेपत्ता झा दम्पत्ति फेला पर्नेमा आफूहरु विश्वस्त रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो जनाएका छन् । उनकाअनुसार झा दम्पत्ति बेपत्ता घट्नामा संलग्न रहेको आशंकामा महोत्तरी प्रहरी चार जनालाई पक्राउ गरि सार्वजनिक समेत गरिसकेको छ ।
भगवान झाले फेशबुकमा लेखेका छन्“महोत्तरी पिपरा ५ सहोडवामा मुसाफिर झा दम्पती बेपत्ता घटनामा संलग्न रहेको भन्दै महोत्तरी प्रहरीले चार जनालाई सार्वजनिक गरेको छ तर बेपत्ता दम्पत्ति को साँस वा लाश अनुसंधान मा खटिएका ऋक्ष्द्य टीम ले फ़ेला पार्ने कुरा मा विश्वास लीई साँस वा लाश फ़ेला नपरूँजेल जनकचौक जनकपुरधाम मा ५१ संघ संस्था को एक्बधता का साथ धरनारअनशन जारी रहने जानकारी गराइंछ ।”
झा दम्पत्ति महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट ओछ्यानसहित बेपत्ता भएका हुन् । बृद्ध दम्पत्ति अपहरण अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। वेपत्ता भएको चार सातापछि घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४ जना अभियुक्तलाई आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर छन्।
गत फागुन १० गते महोत्तरी पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित वेपत्ता पारिएको थियो।