झापामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

जनपत्र
८ चैत्र २०७७, आईतवार ०७:३६

काठमाण्डाै – झापाकाे दमकमा​ शनिवार साँझ​ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका-८ का २३ वर्षीय नीरन बस्नेत र त्यही ठाउँका २४ वर्षीय अनिष कोइराला रहेका छन् ।

पूर्वपश्चिम राजमार्गको दमक-४ को चियाबगान सडकखण्डमा प्रदेश-१-०२-००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश-१-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

टिप्परले ठक्कर दिँदा घाइते भएका बस्नेतको शनिवार साँझ बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोइरालाको पनि उपचार गर्न लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकले टिप्पर चालक दमक-४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे जानकारी गराएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*