एमाले वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या !

जनपत्र
८ चैत्र २०७७, आईतवार ०६:५७

पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ। मिर्गौलामा समस्या देखिएपछि अब उनले प्रत्यारोपण गर्नुपर्ने भएको छ। उनको सचिवालयका एक सदस्यका अनुसार चिकित्सकहरुले अबको तीन महिनाभित्र प्रत्यारोपणमा जान या डायलाइसिस अघि बढाउन सुझाव दिएका छन्। चिकित्सकको यो सुझाव अनुसार वरिष्ठ नेता खनालको मृगौला प्रत्यारोपण तयारी थालिएको छ।

लामो समयदेखि खनालले स्वास्थ्य समस्या भोग्दै आएका छन्। उनमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या देखिँदै आएको छ। तर पारिवारिक सुत्रले भने बाहिर आए जस्तो गम्भीर समस्या नरहेको बताएको छ। खनाल यसअघि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि गत माघ ३० गते शुक्रबार नेपाल वायुसेवा निगमको जहाजबाट भारतको राजधानी नयाँ दिल्ली गएका थिए।

नयाँ दिल्ली पुगेका उनले त्यहाँस्थित एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। त्यहीँ परीक्षण गराउँदा उनका दुवै मिर्गौलामा समस्या देखिएको थियो। ८ फागुनमा काठमाडौं आएका उनले त्रिभुवन विमानस्थलमा आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी स्वास्थ्यले लगातार सताइरहेपछि गत असोज २७ गते बुधबार धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए। त्यसबेला पनि उनमा स्वास(प्रश्वास र उच्च रक्तचापको समस्या देखिएको थियो।

एमालेले कारवाही रोक्यो

यसैबीच शनिबार अपरान्ह बालुवाटारमा बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टीमा दोस्रो वरीयताका खनालमाथिको कारवाही रोकेको छ। तेस्रो वरीयताका माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको केन्द्रीय कमिटीले झलनाथमाथिको कारवाही भने रोकेको हो।

झलनाथ ओलीसँग असन्तुष्ट समूहका प्रमुख नेता हुन्। केन्द्रीय समिति बैठकले असन्तुष्ट समूहका माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि खनालबारे कुनै निर्णय नलिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*