अब अन्तरिक्षमा नेपाली स्याटेलाइट

जनपत्र
५ बैशाख २०७६, बिहीबार १४:४६

नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट (भू-उपग्रह) उडाएर अन्तरिक्षमा पठाएको छ। अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी ‘अर्बिटल एटिके’ को रकेटबाट उडेको भू-उपग्रहलाई नेपालको विज्ञान क्षेत्रकै एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूउपग्रह अन्तरिक्षमा उडेसँगै नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको बताएका छन्। ‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्। नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहितको उक्त भू-उपग्रहलाई ‘नेपाली स्याट-१’ नाम दिइएको छ।
अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले यो उडानको प्रत्यक्ष प्रसारण गरेको थियो। नास्टको प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालका अनुसार नेपालले उडाउन लागेको स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ। नानो भनेको सानो आकारको हो, जुन एकदेखि १० किलोको हुन्छ। योभन्दा सानो स्याटेलाइट पनि हुन्छ, जसलाई ‘पिको’ भनिन्छ। यसको तौल सय ग्रामदेखि एक किलोसम्म हुन्छ।
सेतोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*