भारतको महाराष्ट्रमा कोरोना बढेपछि यातायात बन्द

जनपत्र
६ चैत्र २०७७, शुक्रबार ०६:३१

भारतको महाराष्ट्रमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेपछि यहाँको सरकारले लामो दूरीको बस सेवा बन्द गराएको छ । महाराष्ट्रबाट अन्य राज्यमा जाने र अन्य राज्यबाट महाराष्ट्रमा आउने बस अनिश्चितकालका लागि बन्द गरिएको हो । यस चरणको यातायात बन्दको घोषणा मार्च २० देखि ३० मार्चसम्म लागु हुने बताइएको छ ।

महाराष्ट्र सबैभन्दा बढी कोभिडका बिरामी भएको राज्य हो । जहाँ नयाँ संक्रमित मात्रै २५ हजार ८ सय ३३ भेटिए । यो तथ्यांक महाराष्ट्रमा अहिलेसम्मकै सबैभन्दा बढी नयाँ संक्रमित देखिएका हुन् ।

महाराष्ट्रमा मृत्यु हुनेको संख्या ५३ हजार १ सय ३८ पुगेको छ । यसमध्ये ५८ नयाँ मृत्यु भएको हो । भारतका विभिन्न स्थानमा कोभिडको असर कम भइरहँदा महाराष्ट्रमा यसको असर ह्वात्तै बढेपछि उच्च शतर्कता अपनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*