रहेनन् काँग्रेस नेता नविन्द्रराज जोशी

जनपत्र
४ चैत्र २०७७, बुधबार ०५:५४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको निधन भएको छ। मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत जोशीको निधन भएको अस्पताल स्रोतले जनाएको छ। चिकित्सकले जोशीका परिवारलाई यसबारे जानकारी दिएको छ।

जोशीको ५७ वर्षको उमेरमा आज निधन भएको हो। विसं २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन्जो।शीका दाजु राजुराज जोशी कांग्रेसको सक्रिय राजनीतिमा रहेका थिए।

गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित भएका थिए। पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*