पातलिँदै गएको नेता–जनता सम्बन्ध

संसार सबै नराम्रो छैन । राम्रो नराम्रो परिवेश आफूले बनाउने हो । समाजले बनाउने हो । संगतिले बनाउने हो । संगति र विसंगतिको चयन आपूmले गर्ने हो । उही, उस्तै भूमि, आज सिंगापुर कस्तो छ । उही, उस्तै भूमि चीन हेरौं । इटाली, फ्रान्स, बेलायत, अमेरिका, जर्मनी, धेरै टाढा जानुपरेन दक्षिण एसियाका मुलुक भारत, श्रीलंका, बंगलादेश पनि हामीभन्दा धेरै अगाडि छन् । विश्व अर्थ व्यवस्थामा हातेमालो गर्दै अगाडि बढेका छन् । ठूलाठूला महायुद्धका बाछिटाले तिनलाई नसताएको होइन । जापान हेरौं, बमको धुँवाले हिरोसिमा, नागासाकी के भयोे रु भारत र चीनको आर्थिक वृद्धिदर हेरौं । तर, नेपालको अवस्था, दुरावस्था १ १ सय ३ वर्षको राणाकाललाई सराप्दै इतिहासको ठेली बन्यो । पछिल्ला दिनमा हिजोकोलाई आजकाले गाली गर्दै दिन बिते, आज आजैकालाई सत्तोश्राप गर्दै छन् ।
राणा शासनको पञ्जाबाट मुक्त भएको भनिएको पनि सात दशक भयो, समस्या उस्तै छन् । पोखराको फेवा, सगरमाथाको शिखर, चुच्चे नक्सासमेतले देश मोटाएको देखाइए पनि मोटाएका नेता मात्रै हुन्, जनता दुब्लाएका छन् । उही रोग, भोक, क्रन्दन, चित्कार, नाना, खाना, छानाकै समस्या छ १ सन् २०२३ देखि अल्पबाट विकासशीलको पगरी पाउने आशा पनि गयो । आफैंले अनुरोध गर्दा तीन वर्षपछि धकेलिँदै सन् २०२६ लाई सार्ने प्रयास भइरहेको छ । यसका लागि पर्याप्त बहाना कोरोना बन्यो, सन् २०१८ मै विकासशीलमा परिणत हुनुपर्नेमा भूकम्प २०७२ बहाना बनेको थियो । भोलि बहाना अरू थपिन सक्छ । अति गरिब भएकै कारण अन्तर्राष्ट्रियस्तरमा निकासी सामानमा कर, भंसार छुट, अनुदान, सहुलियत ऋण लिन त सजिलो पर्ला तर हाम्रो निकासी नै के छ र रु १४ खर्बको आयात हुँदा १ खर्ब बराबरको सामान निकासी हुन धौधौ परेको छ ।
स्तरोन्नति हुँदा प्रतिष्ठा बढ्थ्यो होला तर भोकका अगाडि इज्जत फिका हुन्छ । संसारका अगाडि गरिबै भनेर चिनिइरहँदा, नेताहरूको अरबी अमीरको जीवनशैली, भद्दा राजनीतिक संयन्त्र, विलासी जीवनलाई के भन्ने रु जति जोगी आए पनि सबै कान चिरिएका भन्दै आम जनसमुदाय निराशाको कालो बादलमा मडारिरहेको छ । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र आखिर नाम फेरिए, बानी व्यवहार फेरिएन कसैको १ सत्ताको स्वादमा रमाउनेहरू हिजोको बोनसमा रुमल्लिँदै छन्, विदेश सयर गर्दै उपचार गराउँदै छन् । आम नागरिकले ढिँडो, पिठो पेटभरि खान पाएका छैनन् । स्वास्थ्य, शिक्षा महँगो छ । एउटा एपेन्सिाइडको उपचार गर्दा एउटा गरिब भर्खरै १ लाख ऋणको मारमा परेको प्रत्यक्ष उदाहरण देखेको छ, पंक्तिकारले ।
हामी कहिल्यै अर्काको स्वाधीनता स्वीकार नगरेको भन्छौं । सानो आकारको मुलुक सिंगापुरले छिमेकी मुलुक मलेसियाबाट सन् १९६५ मा मुक्ति पायो । लामो समयसम्म अर्काको स्वाधीनतामा रहेको उसले अहिले देखाएको प्रगति विश्व बजारमा लोभलाग्दो छ । सन् १९६० को दशकसम्म विश्वको सबैभन्दा गरिबमा गनिने मुलुक सिंगापुरको कायापलट भएको छ अहिले । समृद्ध राष्ट्रको रूपमा चिनिन त्यस देशको नेता गतिलो हुनुपर्ने रहेछ । समृद्ध मुलुक सिंगापुरमा सन् १९५९ देखि १९९० सम्म प्रधानमन्त्री ली कुआनले सत्ता सञ्चालन गरे । उनले त्यहाँ कडाइका साथ कानुनलाई स्थापना गराए । हामीकहाँ जस्तो अध्यादेश ल्याउँदै फर्काउँदै आफैं संसद् बन्द गर्दै, फेरि खोल्दै गरिँदैन । हामी कहाँ जस्तो धुलाम्मे सडक छैन त्यहाँ, हिलो, मैलो कतै भटिन्न । गाडीको आफ्नै गति छ, सडकमा ट्राफिक प्रहरी देखिँदैन ।
त्यहाँ भएका गगनचुम्बी महलले विश्वकै मन खिचेको छ, छिमेकी हङकङ सहर र न्युयोर्कको म्यानहाटभन्दा कम छैन यो । विश्वकै लगानी आकर्षित मुलुक बनेको छ । यहाँ आफ्नो प्राकृतिक स्रोत छैन, समुद्रपारि रहेको मलेसियाबाट पानीको आपूर्ति हुन्छ । बाटाघाटाका धाराबाट सजिलै पानी पिउन सकिन्छ । पानीको अपार भण्डार भएका हामी मेलम्चीको राजनीति गर्न खप्पिस छौं । पानीमा मात्रै होइन, यहाँ सडक, मल, दल चिह्न, हरेक मान्छे र उसको सबै परिवेशमा राजनीति हुन्छ । पानीको धनी देशमा बिजुलीको भाउ यहीँ सही नसक्नु छ । सातामा दुईपटकसम्म इन्धनको भाउ बढ्छ । जनता दलका दास बनेका छन् । मासुभातकै लागि सडकमा पोखिन्छन् । नेतामा न भिजन छ, न मिसन वा एक्सन नै । यदि यी तीन तत्व छन् भने सत्ता स्वादमा मात्रै । उद्घाटन नै उद्घाटनले पूर्वदेखि पश्चिमसम्मै दिनदिनैको दौडाहा प्रतियोगिता भइरहन्छ । त्यसैक्रममा आकाशमा जहाज र सडकमा रमिता हेर्दै जनता अघाउँछन् ।
औद्योगिक क्षेत्रमा भारत र चीनबाट हामीले लाभ लिन सकेनौं । दलहरूले राजनीतिक लाभ भने लिए । चीनमा माओत्सेतुङले कम्युनिस्ट क्रान्ति गरे । यता सन् १९५० मा चीनको अर्थतन्त्र जापानको भन्दा ४९ प्रतिशतले ठूलो थियो । सन् १९७७ तिर देङ सियायो पिङले चीनमा खुला बजार नीति ल्याए । त्यतिबेलासम्म जापानको अर्थतन्त्र अकासिएर चीनको भन्दा ३३ प्रतिशतले ठूलो भयो । अहिले उत्पादन र निर्यातमा चीन विश्वमा एकछत्र रजाइँ गर्दै छ । सन् १९४९ देखि १९७८ सम्म चीन जनवादी गणराज्य तत्कालीन सोभियत संघको शैलीमा केन्द्र नियन्त्रित अर्थव्यवस्थामा थियो ।
त्यतिबेलासम्म निजी व्यापार र पुँजी बजारलाई स्थान थिएन । औद्योगिक साम्यवादका लागि माओले दीर्घकालीन अर्थव्यवस्था स्थापना गरे । पछि देङ सियाओ र अझ पछिका नेतृत्वले थप सुधार गरे । १९७८ पछि निजीकरण सुरु भयो । पश्चिमी मुलुकका शैलीमा उद्योग स्थापना हुन थाले । १९७८ पछिको आर्थिक उदारीकरणले हालको आर्थिक आकार ९० प्रतिशतले बढेको छ । चीनको अर्थतन्त्रले सन् २०१० मै जापानलाई उछिन्यो । उसले बेलायत र जर्मनीलाई त सन् २००५ मै उछिनिसकेको थियो । हामीले उत्तरतिरको यस्तो समृद्धिलाई वासनासम्म पनि लिन सकेनौं । भारतको रहर लाग्दो अर्थिक विकास हेर्दा संसार चकित छ ।
भूगोलको हिसाबले ठूलो भएरै उसले संघीयता रोजेको हो । स्वाधीनतापछि उसको अर्थतन्त्रको सुरुवात कृषिबाटै भएको हो । हाल केही दशक यतादेखि निर्माण र सेवा क्षेत्रमा ऊ अगाडि छ । भारतीय अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशत पुगेको छ । सेवा क्षेत्रबाटै २८ प्रतिशत रोजगारी अवसर प्राप्त छ । कृषि क्षेत्रको योगदान १७ प्रतिशतमा झरेको छ र पनि पश्चिमी मुलुकका दाँजोमा राम्रो पछ हो यो । धेरै भएर पनि जनसंख्या अनुकूल छ, मध्यमवर्गको उत्थान छ र सीमित आयात । त्यहाँ धनी पनि छन् र गरिब पनि । गरिबलाई बाँच्न असजिलो छैन ।
अमेरिका विश्वकै आर्थिक महाशक्ति राष्ट्र हो । सन् १८७१ देखि एकछत्र विश्वकै एकलौटी अग्रणी अर्थतन्त्रलाई अँगालो हालेको छ अमेरिकाले । औद्योगिक उत्पादनलगायत सेवा क्षेत्रबाट पनि उसले कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशत स्थान ओगटेको छ । औद्योगिक उत्पादन मात्र १५ प्रतिशतमा सीमित छ । यहाँ पुँजीवादी मिश्रित अर्थव्यवस्था छ । प्रचुर प्राकृतिक सम्पदाहरू छन् । उच्च उत्पादकत्वको दर छ । संसारकै आर्थिक राजधानी बनेको छ । यो देश र चीनसँग व्यापार प्रतिश्पर्धा गर्दै छ । झन्डै साँढे पाँच लाखलाई कोरोनाले निल्दा पनि अमेरिकाले आप्mनो अर्थतन्त्रलाई, विकासको चुम्बनलाई चम्काइरह्योे, कोही कसैसँग गलेन ।
भिक्षार्र्थी पनि बनेन, पहिचानलाई गुमाएन । राजनीतिक संयन्त्रहरूमा देशको पक्षमा बहस हुन्छ, निचोड निस्कन्छ, भिजन, मिसन र एक्सनका साथ काम हुन्छ । हाम्रो संसद् खुल्छ, भत्ता र सत्ताका लागि । सरकार बनाउने, सरकार पल्टाउने अंक गणितीय खेलका लागि र संसद् नखुल्दा पनि तलब, सुविधामा कटौती हुन्न । यही छ फरक हुने खाने र हुँदा खानेको अनि विकासशील, विकसित र दरिद्रताले छाएको अल्पविकसितको । त्यसैले कोही मोटाए धेरै, कोही दुब्लाएर सिकुटे भए भन्नुपरेको हो । संसद् ब्युँतिएको छ तर जनताका जनजीविकाका विषयमा बहस भएन । कहिले नाराबाजीमै बन्द भयो त, कहिले केवल शोक प्रस्तावमै सीमित बन्यो । शक्तिसंघर्षमा मात्रै संसद् अलमलिएको छ । जनताको दैनिकी कष्टकर बनेको छ । राजधानीडेलीबाट