सिद्धबाबालाई बलात्कार अभियाेगमा सफाइ दिने निर्णय विरुद्ध उच्च अदालत पुग्याे सरकार

जनपत्र
२ चैत्र २०७७, सोमबार ०८:१४

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिएको छ।

उच्च सरकारी वकिलको कार्यालय विराटनगरले गत शुक्रबार उच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो। जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले इजलासले उनलाई सफाइ दिएका थिए। सिद्धबाबाले बलात्कार गरेको नभई महिलाले शरीर समर्पण गरेको ब्याख्या गरेको थिए।

२०७६ पुस १० गते गिरीले आफ्नै एक अनुयायीलाई बलात्कार ९जबरजस्ती करणी०गरेको भन्दै हदैसम्मको कैद सजाय माग गरेर दायर भएको मुद्दामा सुनसरी जिल्ला अदालतले २०७७ मंसिरमा फैसला गरेको थियो।

जिल्ला अदालतदेखि उच्च अदालत हुँदै सर्वोच्चसम्म गुहारेर पुर्पक्षका लागि थुनामा गएका गिरीलाई जिल्ला अदालतले गरेको सफाइ दिएको विषय पनि विवादमा परेको थियो। न्यायाधीश कोइराला हालैमात्र उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। नेपाललाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*