सामाजिक बिकाश मन्त्रालयमा निमित्त सचिबले काम गर्दै

जनपत्र
५ बैशाख २०७६, बिहीबार ०६:४२

हेटौंडा / प्रदेश नम्बर ३ को सामाजिक बिकाश मन्त्रालयमा केही दिन देखि निमीत्त सचिबलेनै कार्यालयको काम गर्दै आउनु भएको छ । मन्त्रालयका सचिब लोकनाथ पौडेलले काम नगरीकन आफ्नो कार्यकक्षमा फाईलका चाँङ लगाएपछी सामाजिक बिकाश मन्त्री युवराज दुलालले सचिबको कार्यकक्षमा तालाबन्दी गनुभएको थियो । सचिब पौडेल अब मन्त्रालय नफर्कने निस्चीत भएपछी निमित्त सचिबको रुपमा सचिबले गर्दै आएको सबै काम गर्ने गरी दिपेन्द्र सुबेदीले जिम्मा पाउनु भएको छ ।

सेवाग्राहीको कामनै नगर्ने सचिब नआउने भएपछी मन्त्रालयका उपसचिब सुबेदीलाई सामान्य प्रशाशन मनत्रालयले सचिबको सबै काम कार्बाही सहित आर्थिक काम समेत गर्न सक्नेगरी जिमेवारी दिएको सामाजिक बिकाश मन्त्री युवराज दुलालले बताउनुभयो । अब सचिब बिना पनि कुनैपनि काम नरोकिने उहाँले बताउनुभयो । सचिबको कार्यकक्षको ताला भने अझै खुलेको छैन । सचिब आएदेखि अड्कीएका मन्त्रालयका सबै काम अगाडी बडी सकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*