हेटौंडाको राप्ती पुलबाट खसेर युवकको मृत्यु, प्रहरीले अनुसंधान गर्दै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ रापतीपुलबाट खसेर युवकको मृत्यु भएको छ । हेटौंडा ११ को थानाभर्याङका २५ वर्षीय अर्जुन बुढाथोकीको रापतीपुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले वताउनुभयो ।
के कारणले कसरी मृत्यु भएको भन्नेबारेमा अनुसंधान भइरहेको उहाँले वताउनुभयो । बुढाथोकीले हामफालेर मृत्यु भएको हुनसक्ने पनि प्रहरीले आसंका गरेको छ । सधैजसो मादकपदार्थ सेवन गरेर श्रीमतीसंग झगडा गर्ने र त्यसदिन पनि पुलबाट हामफालेको वा खसेको भन्ने बुझ्न बााकी रहेको प्रहरीले जनाएको छ ।
शव हाल हेटौंडा अस्पतालमा पोस्टमार्टको लागि ल्याईएको छ । घटनाको विषयमा आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।