अधिकार कटौती गरे अदालत जाने मन्त्री जमरकटेलको चेतावनी

जनपत्र
४ बैशाख २०७६, बुधबार १८:४९

हेटौंडा / प्रदेश नम्बर–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले प्रदेश सरकारको अधिकार संघिय सरकारले कटौती गरेमा अदालत जाने चेतावनी दिनुभएको छ । गृहमन्त्रालयको आयोजनामा सुरक्षाका सम्बन्धमा हेटौंडामा आयोजित गोष्ठीलाई संबोधन गर्दै उहाँले संबिधान अनुसार आफुहरुले अधिकार खोजेको बताउनुभयो । संघिय सरकारले सिहदरबारमा बसेर यो अधिकार दिन्छौ, उ अधिकार दिन्छौ भन्ने मात्र नभएर आफुहरुले संबिधान अनुसार अधिकार खोजेको बताउनुभयो ।

संघिय सरकार, प्रदेश सरकार देखि नडराउनका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–संघिय सरकारको अधिकार भनेको प्रदेश सभा र प्रदेश सरकारलाई समेत बिगठन गर्ने अधिकार छ । अनी प्रदेश सरकार संग किन डराउनुपर्यो ?’ प्रदेश र स्थानीय तहको अधिकार भनेको जनताको सेवा संग जोडिएको अधिकार रहेको बताउनुभयो । अब बिप्लब प्रतिको धारण सबै सरकार, राजनीतिक नेतृत्व र सुरक्षाकर्मीको एउटै बनाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले बनाएको कानुन जिल्ला स्तरका प्रमुख जिल्ला अधिकारीले पालना गर्नुपर्ने मन्त्री जमरकटेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीहरुले प्रदेश सरकारले बनाएको कानुन मान्दैनौ भन्ने संकेत कार्यक्रममा गरेपछी मन्त्री जमरकटेलले आफुहरुले बनाएको कानुन मान्नै पर्ने बताउनुभयो । बिपद, संचार र संघ संस्था दर्ता ऐन प्रदेश सरकारले बनाए अनुसार पुर्ण रुपमा सीडीयोहरुले पालना गर्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको समयमा स्थानीय तह र सीडीयोहरुको द्धन्द सुरु भएकोले यसको तत्काल हल गरिनुपर्ने उहाँले बताउनुभयो । सबैले शुसासनको कुरा मात्र गर्ने भन्दा पनि आफैबाट काम सुरु गनुपर्ने उहाँको भनाई छ ।

प्रदेश कानुन थाहा छैन –गृह सचिब राई

गृहमन्त्रालयका सचिब प्रेमकुमार राईले प्रदेश सरकारले बनाएको कानुन आफुहरुलाई थाहै नभएको बताउनुभयो । आफुहरुबाट संबिधान बिपरित काम नभएको जिकिर उहाँले गर्नुभयो । प्रदेशका मन्त्री जमरकटेलले उठाएको प्रस्नको जवाफ दिदै गृहसचिब राईले प्रदेश ३ का मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीलाई पहिलो दिनको कार्यक्रममा नबोलाएको बिषयमा समाचार बाहिर आएपछी त्यसको सुरुमै जवाफ दिन भ्याउनुभयो ।

मन्त्रीहरु बाहिर बास्ने भन्दा पनि स्पष्ट रुपमा सबै कुरा भित्र भन्नुपर्ने बताउनुभयो । प्रदेश २ सरकार प्रति संकेत गर्दै उहाँले केही प्रदेशले कानुन हतारमा बनाएको बताउनुभयो । प्रहरीलाई श्रोत साधन युक्त बनाईने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*