हेटौंडा–११ मा एक करोड लागतमा निर्माण हुन लागेको मन्दिरको शिलान्यास

जनपत्र
२८ फाल्गुन २०७७, शुक्रबार ०७:५१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा महादेब मन्दिरको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले मन्दिरको शिलान्यास गर्नुभयो । एक करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको मन्दिर र हलको शिलान्यास गर्नु भएको हो । पहिलो चरणमा उपमहानगरपालिकाले यसका लागि ५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

आगामी दिनहरुमा पनि सहयोग गर्दै लगिने मेयर महतले वताउनुभयो । उहुउदेस्य हल समेत यहाँ निर्माण गर्ने तयारी गरिएको छ । आज महाशिबरात्रीका अवसरमा मन्दिरको शिलान्यास गरिएको हो । हेटौंडाका बिभीन्न वडामा मन्दिर, गुम्बा लगायतका संरचना तिब्र गतिमा निर्माण भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*