आगामी तीन दिनको मौसम: कुन क्षेत्रमा छ बर्षाको सम्भावना ?, यस्तो छ मौसमविद्को भविष्यवाणी

जनपत्र
२८ फाल्गुन २०७७, शुक्रबार ०६:५८

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन २८ गते,शुक्रबार

दिउँसो : सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन २९ गते शनिबार

दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती : गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०१ गते आइतबार

दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। बागमती प्रदेश र प्रदेश नं १का पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्र हावाहुरिसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*