म्यानमारमा रक्तपात, आठ जनाको मृत्यु

जनपत्र
२८ फाल्गुन २०७७, शुक्रबार ०६:५१

म्यानमारमा सैन्य शासकविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ। नेतृ आंङसाङ सूचीलाई सैन्य शासकले थप अभियोग लगाए लगत्तै प्रदर्शन चर्किएको छ। मध्य भागमा रहेको शहर मेइङमा सुरक्षाकर्मीको गोली लागेर ६ जनाको मृत्यु भएको छ। शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको प्रदर्शनकारीले जनाएका छन्।

मन्डेला र यांगुनमा पनि एक, एक जनाको ज्यान गएको छ । म्यानमारमा सेनाले कू गरेयता भएका प्रदर्शनमा गोली लागेर ६० भन्दा बढीको मृत्यु भइसकेको छ। २ हजार भन्दा बढीलाई पक्राउ गरिएको छ। सेनाले नेतृ सूचीमाथि सरकारमा रहँदा ६ लाख डलर बराबरको घुस लिएको नयाँ अभियोग लगाएको छ। फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतालाई हिरासतमा लिँदै कू गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*