कोरोना भाइरस: अक्सफर्ड खोपका कारण ‘रगत जमेको’ कुनै प्रमाण छैन

जनपत्र
२८ फाल्गुन २०७७, शुक्रबार ०६:४१

युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड(आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको जनाएको छ। त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ। डेनमार्क तथा नर्वे लगायत कतिपय देशहरूले सो खोपको प्रयोग स्थगित गरेपछि सो निकायले स्पष्टीकरण दिएको हो।
खोप कारण होइनु
ती देशमा थोरै सङ्ख्यामा मानिसहरूलाई खोप लिएपछि रगत जमेको विवरण आएपछि खोप वितरण स्थगित गरिएको थियो।साथै सो खोप लिएपछि इटलीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर ज्यान गएको विवरण पनि आएको थियो। ूखोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै सङ्केत प्राप्त भएको छैन। खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्, युरोपेली मेडिसिन्स एजेन्सी ९इएमए०ले बिहीवार जनाएको छ।

‘खोपको फाइदा यसका सम्भाव्य जोखिमभन्दा निकै धेरै छ। यी मामिलाहरूको थप अनुसन्धान हुँदै गर्दा खोप दिलाउने काम अगाडि बढाइराख्न सकिन्छ, उसले भनेको छ। उसका अनुसार पचास लाख युरोपेलीहरूलाई खोप दिँदा करिब ३० वटा यस्ता मामिला देखा परेका छन्। आस्ट्राजेनेका कम्पनीले उसको खोपको सुरक्षाबारे क्लिनिकल परीक्षणका बेला सघन अध्ययन भएको प्रतिक्रिया दिएको छ।

ूनियामक निकायहरूले कुनै पनि नयाँ औषधिलाई अनुमति दिँदा प्रभावकारीता तथा सुरक्षाबारे कडा जाँचबुझ गर्छन्,ू कम्पनीका एक प्रवक्ताले बताए। यूकेमा नियामक निकाय एमएचआरएले खोपले समस्या गराएका प्रमाण नभेटिएको जनाएको छ। उसले मानिसहरूलाई पालो आएपछि खोप लिन आह्वान गरेको छ। ूरगत जम्ने समस्या प्राकृतिक रूपमै भएको हुनसक्छ र यस्तो समस्या नौलो पनि होइन। यूकेमा १ करोड १० लाख मात्राको अक्सफर्ड(आस्ट्राजेनेका खोप दिलाइसकिएको छ,ू एमएचआरएका फिल ब्रायनले बताए।

बीबीसीकी स्वास्थ्य सम्पादक मिसेल रोबर्ट्स भन्छिन् खोप लगायत कुनै पनि अनुमतिप्राप्त उपचारका केही साइड इफेक्ट वा अन्य प्रभाव केही व्यक्तिमा देखा पर्न सक्छ। अधिकांशको हकमा ती प्रभाव सामान्य किसिमका हुन्छन् भने गम्भीर प्रभाव दुर्लभ नै हुन्छ। बिबिसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*