डेढ लाख घुससहित आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत पक्राउ

जनपत्र
२७ फाल्गुन २०७७, बिहीबार १८:३१

काठमाण्डाै – आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरेको सूचनाको आधारमा ढकाललाई डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । ढकालले घुसबापतको रकम आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई लिन लगाएका थिए ।

अख्तियारले कर्णलाई समेत पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*