मेयर कप : काठमाण्डौ-११ लाई हराउँदै एपीएफ क्लब फाइनलमा

जनपत्र
२७ फाल्गुन २०७७, बिहीबार १८:२८

काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेटको फाइनलमा पुगेको छ ।

आज भएको खेलमा काठमाण्डौ मेयर-११ लाई सात विकेटले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको छ ।

मूलपानी क्रिकेट मैदानमा काठमाण्डौ-११ ले दिएको एक सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर एक बलमा तीन विकेट गुमाएर भेट्टायो ।

एपीएफको लागि सन्दीप जोराले ६२ र शरद भेषवाकरले ६१ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौ-११ ले ४८ ओभर पाँच बलमा अलआउट हुँदै एक सय ७७ रन बनायो । उसका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए ।

एपीएफका अविनाश बोहरा र कमल ऐरीले तीन तीन विकेट लिए । एपीएफले उपाधिको लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*