शिक्षाको बिकास गर्न सरकार तयार छ–मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षको बिकास गर्न प्रदेश सरकार दृढताका साथ लाग्ने वताउनु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरबरोडमा रहेको मकवानपुर टेक्निकल इन्स्टिच्युटले रजत महोत्सबको आज उद्घाटन् गर्दै उहाँले शिक्षाको विकास गर्नु प्रदेश सरकारको पहिलो कुरा रहेको वताउनुभयो ।
शिक्षालाई अगाडी बढाउन सकेमात्र मुलुक समृद्ध वन्न सक्ने उहाँले वताउनुभयो । इन्स्टिच्युटको उत्तर उत्तर प्रगतीको शुभकामना दिदै यसको क्षमता विकास गर्न लाग्नुपर्ने वताउनुभयो । अहिले रजत महोत्सब मनाए पनि अब स्वण महोत्सव समेत मनाओस भन्ने कामना समेत व्यक्त गर्नुभयो ।
आफ्ना शैक्षीक कृयाकलापहरुलाइृ प्रबिधि मैत्री बनाउँदै लगेको यस संस्थामा टेक्नकिल पढाइ हुने गरेको छ । यहाँ सिएमए, अनमी, ल्याब एसिस्टेन्टको पढाइ हुँदे आएको छ । बिभीन्न संघसंस्थाको सहयोगमा २ सय ३९ जनालाई छात्रबृत्तिमा पढाइएको इन्स्टिच्युटका निमित्त निर्देशक चन्द्र शेखर पण्डीतले वताउनुभयो ।
सिटिइभिटीको सहयोगमा १० प्रतिशत छात्रबृत्तिमा पढाइ हुँदै आएको उहाँले वताउनुभयो । यस संस्थाबाट सुरुवात देखि हाल सम्म सिएमए ८ सय ११ जना, अनमी ६ सय २७ जना, ल्याब एसिस्टेन्ट ४ सय ८ जना, एचए २ सय जना, अध्ययन गरेको उहाँले जानकारी दिनुभयो ।