रामकुमारी झाँक्री भन्छिन् : शीतको थोपा बनेर मुस्कुराइरहने छु

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले शीतको थोपा बनेर मुस्कुराइरहने बताएकी छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेत्री झाँक्रीले यस्तो बताएकी हुन् । माक्र्सवादीहरूले सुदूरपारीको क्षितिजमा पनि सम्भावना देखिरहने भन्दै उनले क्रान्तिकारीहरूले बारुदको धुवाँ र बादलभित्र पनि भविष्य देख्न सक्नुपर्ने बताएकी छन् ।
सर्वोच्च अदालतको पछिल्लो फैसला अघि उनी प्रचण्ड–नेपाल समूहको नेकपामा थिइन् । उनले सरकारको चर्को आलोचना गर्दै आएकी थिइन् । सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि उनी र उनको समूह पनि एमालेमै फर्किएको छ ।
यस्तो छ, उनको ट्वीट
प्रिय साथिहरू,
सितको थोपा बनी मुस्कुराई रहनेछु। मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्। क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ।— Ram kumari Jhakri (@Jhakri_didi) March 10, 2021