चिनियाँ बजार विस्तार विश्वका लागि अवसरः विदेशमन्त्री वाङ

जनपत्र
२६ फाल्गुन २०७७, बुधबार ०६:१२

सरकारी कार्यहरुको समीक्षा प्रतिवेदनमा स्वदेशी आवश्यकता विस्तार गर्ने रणनीतिलाई चीनले फेरि एक पटक महत्व दिएको छ । चिनियाँ विदेशमन्त्रीले वाङ यीले सञ्चारकर्मीहरूसँग चीनको आर्थिक विकास र अन्तर्राष्ट्रिय बजार विस्तारका कारण विश्वलाई विकासको नयाँ अवसर मिल्ने उनको भनाई रहेको छ ।

नयाँ विकास बनोटमा चीनले उत्पादन, वितरण, परिसंचरण, उपभोग परिसंचरण हुनसक्ने गार्हस्थ अर्थतन्त्रको निर्माण गर्ने योजना गरेको उनले बताए । यसले अन्तर्राष्ट्रिय लगानी र व्यापारका लागि सुविधा उपलब्ध गराउने र उद्योग–व्यवसायको लागत घटाउने उनको दावी थियो ।

चीनको शक्तिशाली स्वदेशी बजारको निर्माण र खुलापनको विस्तारबीच एकअर्कालाई बढाएको र विगत चालीस वर्षमा चीनले सुधार तथा खुलापनबाट फाइदा प्राप्त गरेको भन्दै संयुक्त राष्ट्रसंघले चीनको प्रशंशा गर्दै आएको छ । चिनियाँ अधिकारीहरूले चीन सरकार र विकास परियोजनामा सधैँ सुधारको अनुकूलता रहेको दावी गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*