कोलकाताको एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु

जनपत्र
२५ फाल्गुन २०७७, मंगलवार ०६:४५

भारतको कोलकाताको एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । कोलकाताको स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा सोमबार साँझ भीषण आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको हो । आगलागीमा परेर मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आगलागीमा परेर केही व्यक्ति घाइते भएका छन् ।

आगो नियन्त्रणमा लिन १५ वटा दमकलहरूको प्रयोग भएको जनाइएको छ । यो भवनमा रेलवेको कार्यालय रहेको थियो । भवनमा आगलागी भएपछि पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी घटनास्थलमा पुगेकी छन् । फायर ब्रिगेडका एक अधिकारीका अनुसार आगो साँझ ६ बजेर १० मिनेटमा लाग्न सुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*