बिप्लबलाई राजनीतिक मुलधारमा ल्याउँदैछौ–गृहमन्त्री थापा
हेटौंडा / गृहमन्त्री रामबहादुर थापा बादलले राज्य र संबिधान बिरोधी गतिबिधी गर्ने बिप्लब समुहलाई राजनीतिक मुल धारमा ल्याउनका लागि प्रयत्न भईरहेको बताउनु भएको छ । बिप्लब समुहलाई यसअघि पनि राजनीतिक मुल धारमा ल्याउनका लागि प्रयत्न गरिएको र अब पनि यही काम भईहरहेको उहाँले बताउनुभयो ।
गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय गोष्ठीको कार्यक्रमलाई आज बिहान संबोधन गर्दै उहाँले कानुन बिपरित गतिबिधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउनुभयो । मुलुकभित्र ध्वङ्सात्मक गतिबिधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउँदै उहाँले भन्नुभयो–राज्य बिरुद्धका गतिबिधि पहिले गर्दा सिके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्य बिरुद्धका ध्वङ्सात्मक गतिबिध गरिएकाले बिप्लबका नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको हो ।’
देशको शान्ति सुरक्षालाई मजबुद्ध बनाउनका लागि प्रदेश भरीका जिल्लाका सुरक्षा निकायहरु संगको यो कार्यक्रम आयोजना गरिएको हउाँले बताउनुभयो । बार्षिक रुपमा यस्ता कार्यक्रम गरिदै आएको बताउँदै उहाँले देशको आन्तरिक शान्ति सुरक्षा मजबुत बनाउनका लागि कार्यक्रम गरिएको बताउनुभयो । भूमि सम्बन्धी अनियमितताको अन्त्य गर्नका लागि आफुहरु लागिपरेको बताउँदै गृहमन्त्री थापाले भन्नुभयो–भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो काम भनेर प्राथमिकताका साथ लागिपरेका छौ ।’
अब संघ, प्रदेश र स्थानीय तह संग सहकार्य गरेर सुरक्षालाई अझै मजबुत बनाउन सकिने उहाँले बताउनुभयो । संघिय प्रहरी ऐन नबनी सकेकाले समस्या भएको बताउँदै यो ऐन बनिसकेपछी सुरक्षा सम्बन्धी अधिकार प्रदेशमा पनि आउने बताउनुभयो । अहिले पनि शान्ति सृुरक्षाको अधिकार प्रदेश सरकारलाई पनि रहेको उहाँले बताउनुभयो ।
मुलुकको अखण्डता संगै सुरक्षा चुनौति पहिले धेरैनै भएपनि अहिले भने त्यस्तो अबस्था नरहेको उहाँको भनाई छ । देशको सुरक्षाका लागि अभियान संचालन गरिएको उहाँले जानकारी दिनुभयो । देशको सुरक्षा स्थितीलाई मजबुत बनाइएको दाबि उहाँको छ । बिकाशको मजबुत आधार बनाइएको बताउँदै उहाँले पुर्बाधार निर्माणका कामहरु गरिरहेकाले अब संघियतालाई कार्यनयनमा लैजान लागिएको बताउनुभयो ।