१११ औं अन्तराष्ट्रिय महिला दिवसमा हेटौंडामा कार्यक्रम, महिलालाई अधिकार सम्पन्न गराउने नेताहरुको उद्घोष

हेटौंडा / अखिल नेपाल महिलासंघ मकवानपुरको आयोजानमा आज हेटौंडामा १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसका अबसरमा कार्यक्रम गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डारमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागि भएका नेताहरुले महिलालाई अधिकार सम्पन्न गराउने नेताहरुको उद्घोष गरेका छन् । अहिले ३३ प्रतिशत अधिकार दिएपनि समान रुपमा हरेक क्षेत्रमा अब सहभागि गराइने कार्यक्रममा अतिथीहरुले बताएका छन् ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सा)सद रामचन्द्र राई, नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाले मन्तब्य व्यक्त गर्नु भउको थियो । कार्यक्रम अनेमासंघ मकवानपुरका अध्यक्ष पार्वती रानाको अध्यक्षतामा भएको हो ।