हेटौंडामा नेकपा एमालेको पार्टी कार्यालय पुनः सञ्चालनमा, अध्यक्ष र सचिबको पदस्थापन

जनपत्र
२४ फाल्गुन २०७७, सोमबार १४:१८

हेटौंडा । हेटौंडाको पुष्पलाल पार्क स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको पार्टी कार्यलय पुनः सञ्चालनमा आएको छ । यस अघि पार्टी कार्यालयमा लगाइएको ताल्चा फोरेर आजबाट सञ्चालनमा ल्याएको र अब भने नियमित रुपमा कार्यालय सञ्चालन हुने नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले वताउनुभयो ।

आज बिहान नेकपा एमालेको नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यलय खोलिएको हो । केहि महिना अघि नेकपा प्रचण्ड–नेपाल समूहका नेताले एक पक्षीय ढङ्गले गुटको कार्यक्रम पार्टी कार्यलयमा गर्न थालेपछि पार्टी कार्यलयमा ताला लगाईएको थियो ।

आईतबार सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अमान्य फैसला गरेको छ ।

सर्वोच्च अदालतले फैसलामा साविककै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी, लेलिनवादी) र नेकपा माओवादी केन्द्रको नाम नै रहने जनाएको छ ।
त्यो फैसलापछी आज पार्टी कार्यालय खोलेर कार्यालयमा नेकपा एमालेको बोर्ड समेत झुण्डाइएको छ । आजै नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ र सचिब लालबहादुर थापालाई पार्टी कार्यालयमा पदस्थापन समेत गरिएको छ ।

यसपछीको कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाले अदालतबाट भएको फैसलाको आफुहरुले सम्मान गर्ने वताउनुभयो । जनताको म्यान्डेटका आधारमा अब काम गरिने उहाँले वताउनुभयो । कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले सबैको लगानी र मेहनतबाट बनेको पार्टी कार्यालय रहेको वताउनुभयो ।

पूर्बबाट सूर्य उदाय सम्म एमालेको चिन्ह सूर्यनै रहने वताउनुभयो । वब हरेक काम यही पार्टी कार्यालयबाट गरिने अध्यक्ष श्रेष्ठले वताउनुयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु मधुसुधन खतिवडा, अनन्त पौडेल लगायतकाको आतिथ्यता रहेको थियो ।

२०७३ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ । त्योबीचमा दर्ता भएका एमाले र माओवादी केन्द्रको नाममा पछि दर्ता भएका दलहरुको दर्ता स्वतः खारेज हुने बताईएको छ ।

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पार्टी कार्यलय खोलिएर नियमित कार्यहरु सूचारु गरिएको नेकपा एमाले मकवानपुरका नेताहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*