मेयर कपमा त्रिभुवन आर्मी र मेयर-११ खेल्दै

जनपत्र
२४ फाल्गुन २०७७, सोमबार ०८:५८

काठमाण्डौ – काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ ।

त्रिभुवन आर्मी र मेयर-११ बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा खेल्दैछन् । आर्मी उद्घाटन खेलमा शनिवार एपीएफसँग एक विकेटले पराजित भएको थियो ।

मेयर-११ ले हिजो भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आर्मीको कप्तानी विनोद भण्डारी र मेयर-११ को सन्दीप लामिछानेले गरेका छन् । मेयर-११ ले १ खेलमा २ अङ्क जोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*